पुलिस र एपिएफको विजयी शुरुवात



नेपाल समाचारपत्र, काठमाडौं

‘पाँचौं आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप’मा विभागीय टोली पुलिस क्लब र एपीएफ क्लबले विजयी शुरुवात गरेका छन् ।

पुरुषतर्फ पहिलो खेलमा पुलिसले नयाँबजार सामाजिक युवा क्लबमाथि ३–० को जित निकाल्यो । तीनै सेट आफ्नो पक्षमा पार्ने क्रममा पुलिसले २५–९, २५–२१ र २५–१६ ले पराजित गर्दै ३ अंकसमेत बटुल्यो । एपीएफ र बुलबुले रारा क्लबबीचको खेल भने निकै प्रतिस्पर्धात्मक रह्यो । एपिएफले बुलबुलेलाई ३–१ सेटले पराजित गरेको थियो ।

पहिलो र दोश्रो सेटमा बुलबुलेलाई २५–२० र २८–२६ ले पराजित गर्दै विजयको निकट पुगेको एपिएफ तेश्रो सेटमा पराजित हुन पुग्यो । तीन पाकिस्तानी खेलाडीसहित मैदानमा उत्रेको बुलबुलेले तेश्रो सेटमा एपिएफमाथि २५–१८ को जित हात पा¥यो । चौथो सेटमा एपिएफले ३२–३० ले जित्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भयो ।महिलातर्फ ह्वाङ्जी न्यू डायमन्डले जित हात पार्दै महŒवपूर्ण ३ अंक बटुल्न सफल भयो । न्यु डायमन्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्