ओमको हेर न सार्वजनिक



गायक ओमकृष्ण श्रेष्ठको स्वरमा रोमान्टिक गीत हेर न सार्वजनिक भएको छ।गीतमा दीपक आरजेको शब्द र संगीत रहेको छ। अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत–संगीतमा लागिरहेका श्रेष्ठले सन् २००२ मा पहिलो गीत रेकर्ड गराएका थिए।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा निराजन प्रधान र आँचल शर्मा देखिएका छन्। म्युजिक भिडियोमा बुद्ध थापा र हर्षि सिंहको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन र कलर समावेश छ।

प्रतिक्रिया दिनुहोस्