अवार्ड संगीतको, भिडन्त नायक नायिकाको



तुल्सी मिडियाको आयोजनामा राजधानीमा हुने नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। अवार्डका संयोजक नवराज भण्डारीले आगामी वैशाख पहिलो साता अवार्ड गरिने जनाए।

अवार्डको ३५ वटा विधाको उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। जुरीको टिमले फर्म भरेका गीतमध्येबाट उत्कृष्ट पाँच सार्वजनिक गरेका हुन्। पपुलरतर्फका सबै विधामा प्रत्यक्ष भोटिङसमेत हुने तुल्सी मिडियाले जनाएको छ। त्यस्तै दुई दशकभन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने पनि आयोजकले जनाएका छन्। अवार्डमा फिल्मी संगीततर्फ म यस्तो गीत गाउँछुको तिम्रो घरको वरिपरिबाट सोनम तोपदेन, प्रेमगीत–३ को हर युग होस्बाट प्रतापदास, कृष्णलीलाको कुनै दिन त्यो कथामाबाट सुगम पोखरेल, यस्तो एउटा प्रेमकहानीको यस्तो एउटा प्रेम कहानी बोलकै गीतबाट विश्व नेपाली र लप्पन छप्पन–२ को झुसे बारुलेबाट अर्जन पाण्डे उत्कृष्ट गायक, बेस्ट महिला गायिका

कृष्णलीलाको कुनै दिन त्यो कथामाबाट अञ्जु पन्त, आर्याको हाम्रो धर्तीबाट मेलिना राई, प्रेम गीत–३ को हर युग होस्बाट प्रविशा अधिकारी, एउटा यस्तो प्रेम कहानीको एउटा यस्तो प्रेम कहानीबाट अस्मिता परियार र म यस्तो गीत गाउँछु–२ को तिम्रो घरको वरिपरिबाट अस्मिता अधिकारी उत्कृष्ट गायिकाको मनोनयनमा परेका छन्। त्यसै गरी, एउटा यस्तो प्रेम कहानीको एउटा यस्तो प्रेम कहानीबाट वसन्त सापकोटा, आर्याको हाम्रो धर्तीबाट राम सिटौला, कृष्णलीलाको कुनै दिन त्यो कथामाबाट अर्जुन पोखरेल, प्रेमगीत–३ को हर युग होस्बाट एलिश कार्की र म यस्तो गीत गाउँछु–२ को तिम्रो घरको वरिपरिबाट अर्जुन पोखरेल संगीतकारको मनोनयनमा परेका छन्।लोकप्रिय गायकतर्फ फूलबुट्टे सारीबाट मार्मिक लामा, फुटेका चुराबाट प्रकाश सपुत, झ्यालमा पर्दा छबाट खेम सेञ्चुरी, माया मारेरबाट नरेश खाती र पछ्यौरी लिस्योबाट अर्जुन सापकोटा, लोकप्रिय गायिकातर्पm फोटो फिरिममाबाटरचना रिमाल, पछ्यौरी लिस्योबाट समीक्षा अधिकारी, फूलबुट्टे सारीबाट मिलन नेवार, जेल पनि सहुँलाबाट मेलिना राई र टाढा भए पनिबाट अस्मिता अधिकारी, लोकप्रिय संगीतकारतर्पm फूलबुट्टे सारीबाट राजनराज शिवाकोटी, नबोली नबोलीबाट अर्जुन पोखरेल, माया मारेरबाट नरेश खाती, फोटो फिरिममाबाट शिशिर भण्डारी र विद्यानाशबाट श्रीकृष्ण बम मल्ल मनोनयनमा परेका छन्।

सार्वजनिक मनोनयन सूचीको लोकप्रिय मोडल विधामा फिल्ममा देखिँदै आएका नायकनायिकाको वर्चश्व देखिएका छ। लोकप्रिय मोडलतर्पm फूलबुट्टे सारीबाट पल शाह, पछि–पछि लागेरबाट पुष्प खड्का, नबोली नबोलीबाट सुधीर श्रेष्ठ, काले केटा–२ बाट आकाश श्रेष्ठ र मुनाबाट नाजिर हुसेन मनोनयमा परेका छन् भने लोकप्रिय महिला मोडलतर्पm पछ्यौरी लिस्योबाट अञ्जली अधिकारी, फूलबुट्टे सारीबाट मलिका महत, जेल पनि सहुँलाबाट लक्ष्मी बर्देवा, मुनाबाट स्वस्तिमा खड्का र नबोली नबोलीबाट गरिमा शर्मा मनोनयनमा छन्।

प्रतिक्रिया दिनुहोस्