प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीशले नै हेर्ने



न्युज अफ नेपाल काठमाडौं ।

नेकपा नाम विवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएको पुनरावलोकन निवेदनमा चोलेन्द्र शमशेर जबराले आफै हेर्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तीन न्यायाधीशको पूर्ण इजलास तोकेका हुन्।

यो निवेदनमा उनीसिहत न्यायाधीश तेजबहादुर केसी तथ न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले आज निवेदनको सुनुवाइ गर्नेछ। उक्त इजलासले बहसबिनै पुनरावलोकनको अनुमति (निस्सा) दिने वा नदिनेबारे निर्णय गर्नेछ। सर्वोच्चले निस्सा दिएमा यो विवादमा फेरि अदालतमा बहस हुनेछ। यदि निस्सा दिन अस्विकार गरेमा भने यो विवाद टुङ्गो लाग्नेछ। ऋषिराम कट्टेलले दर्ता गराएको रिटमा सर्वोच्चले नेकपालाई एमाले र माओवादी केन्द्रको रुपमा ब्युँताइदिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्