डिफेन्डिङ च्याम्पियन पोर्चुगल विजयी



लन्डन, 

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि जारी युरोपियन छनोट खेलअन्तर्गत मंगलबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल विजयी भएको छ ।पोर्चुगलले समूहको आफ्नो तेस्रो खेलमा लक्जेमबर्गलाई उसैको भूमिमा ३–१ ले हरायो । टिमको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटासहित तीन जना खेलाडीले गोलमा नाम लेखाए ।

सो खेलमा रोनाल्डोले ५०औं मिनेटमा गरेको गोल यस संस्करणको फिफा विश्वकप छनोट यात्रामा उनको पहिलो गोल समेत हो । यसअघि पोर्चुगलले पहिलो खेलमा अजरबैजान र दोस्रो खेलमा सर्बियाविरुद्ध खेल्दा दुवै खेलमा रोनाल्डो गोलविहीन बनेका थिए ।त्यस्तै, नर्वेले पनि कठिन जित निकालेको छ । नर्वेले मोन्टेनेग्रोलाई उसैको घरेलु मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा नर्वेलाई जिताउन एक मात्रै विजयी गोल खेलको ३५औं मिनेटमा अलेक्जान्डर स्वरलोथले गरेका थिए । उक्त जितपछि समूह ‘जी’ मा रहेको नर्वेले छनोट चरणमा शुरुआतका तीन खेलपछि ६ अंक बनाएको छ ।

त्यस्तै, २०१८ को फिफा विश्वकपका उपविजेता क्रोएसियाले पनि शानदार जित निकाल्यो । क्रोएसियाले आफ्नो घरेलु मैदानमा माल्टामाथि ३–० को प्रभावशाली जित दर्ता गरेको हो । आफ्नो भूमिमा क्रोएसियालाई जिताउन तीन जना खेलाडीले गोल गरे । क्रोएसियाले छनोटका तीन खेलमध्ये दुई खेल जित्न सफल भएको छ । क्रोएसियाका लागि पहिलो गोल खेलको ६२औं मिनेटमा इभान पेरिसिचले गरेका थिए । त्यसपछि दोस्रो गोल गर्न घरेलु टोलीलाई खेलको ७६औं मिनेटसम्म पर्खिनुपरेको थियो । यसपटक कप्तान लुका मोड्रिचले पेनाल्टीमार्फत् गोल गरेर टिमको अग्रता दोब्बर पारे । त्यसपछि टिमका लागि तेस्रो गोल खेलको अन्तिम समयम ९०औं मिनेटमा जोसिप ब्रेकालोले गरेपछि खेल क्रोएसियाले ३–० ले जित्यो । यो जितपछि समूह एच मा रहेको क्रोएसियाले तीन खेलबाट ६ अंक जोडेको छ ।

त्यसैगरी, बेल्जियमले पनि फराकिलो गोलअन्तरको जित निकालेको छ । बेल्जियमले बेलारुसमाथि ८–० गोलअन्तरको फराकिलो जित निकालेको हो । बेलारुसमाथि ८ गोल बर्साउँदा दुई जना खेलाडीले समान दुई–दुई गोल गरे भने चार जनाले एक–एक गोल गरे । तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध खेल्न बेल्जियमका प्रशिक्षकले धेरैजसो दोस्रो रोजाइका खेलाडीलाई मौका दिएका थिए । बेल्जियमका लागि पहिलो गोल खेलेका १४औं मिनेटमा मिकी बात्सुयीले गरेका थिएका थिए । त्यसको तीन मिनेटमै हान्स भानकेनले गोल गरे । त्यसपछि ३८औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरे भने ४२औं मिनेटमा जेर्मे डोकुले गोल गरेर पहिलो हाफमा ४–० को अग्रता दिलाए ।त्यस्तै, दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै डेनिस प्राटले गोल गरे भने अर्को गोल ७०औं मिनेटमा क्रिस्टिएन बेन्टेकेले गरे । त्यसपछि खेलको ७५औं मिनटमा लियान्द्रो ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गरेर खेल ७–० बनाए । त्यसपछि अन्तिम खेल ८९औं मिनेटमा हान्स भानाकेनले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बेल्जियमले खेल ८–० ले जित्यो । यो जितपछि समूह ‘ई’ को शीर्ष स्थानमा रहेको बेल्जियमको खातामा तीन खेलपछि ७ अंक भएको छ ।

त्यसैगरी, वेल्सले पनि साँघुरो गोलअन्नतरको जित निकालेको छ । वेल्सले बलियो टोली चेक रिपब्लिकलाई १–० ले हरायो । आफ्नो घरेलु मैदानमा वेल्सलाई जिताउन ग्यारेथ बेलले प्रेरणादायी प्रदर्शन गरे । बेलले गोल नगरे पनि टिमलाई जिताउन खेलभरि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । वेल्सले विजयी गोलका लागि खेलको अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो । वेल्सले खेलको ८१औं मिनेटमा गरेको गोल जितका लागि पर्याप्त बन्यो । यो जितपछि समूह ‘ई’ मा रहेको वेल्सले दुई खेलबाट तीन अंक बनाएको छ ।युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएका अन्य खेलहरूमा सर्बियाले अजरबैजानलाई २–१ ले तथा साइप्रसले स्लाभेनियालाई १–० ले हराउँदा स्लोभाकियाले पनि रसियालाई २–१ ले पराजित ग¥यो । त्यस्तै, टर्की र लाट्भियाले भने ३–३ गोलको बराबरी खेल्दै समान अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्