प्रवीण र अनिशा मोडल हन्ट नेपाल



मोडल हन्ट नेपाल–२०२१ को उपाधि प्रवीण चापागाईं र अनिशा शाक्यले जितेका छन्। हालै राजधानीमा सम्पन्न छैठौं संस्करणको प्रतियोगितामा ३४ युवा एवं ३२ युवतीबीच अन्तिम स्पर्धा भएको थियो।

प्रतियोगितामा मिनाल्ड लामिछाने र श्रीयशी श्रेष्ठ फस्ट तथा अनुप कार्की र परितोषिका पन्त सेकेन्ड रनर्सअप भए। प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूले आईसी कलेज अफ आर्ट एन्ड फेसनका १७आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरले तयार पारेका विविध पहिरनमा सजिएर ¥याम्प शो गर्दै सीप र कला प्रस्तुत गरेका थिए। प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मस्ट स्टाइलिस, प्रवीण चापागाईं र राजश्री कार्की बेस्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी बेस्ट वाक, शुभम् भण्डारी र श्रीरुधि बस्न्यात पब्लिक च्वाइस र मिस्टर एन्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी भए।

त्यसै गरी, विनय पन्त र अनिशा शाक्य मस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने बेस्ट फिजिक र अदिती मानन्धर बेस्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्रान्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखती भए।आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पूर्वमिस नेपाल माल्भिका सुब्बा, डा. आयुषमान घिमिरे र फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको थियो। प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य थिए।

प्रतिक्रिया दिनुहोस्