कामको ठोस परिणाम देखाउन मन्त्री आलेको निर्देशन



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयबाट सञ्चालन भइरहेका सम्पूर्ण योजनाहरुको ठोस परिणम देखाउन मातहतका कर्मचारीलाई निर्देशन दिनु भएको छ । आज मन्त्रालयमा आयोजना गरिएको दोश्रो चौमासिक समिक्षा बैंठक र मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकमा मन्त्री आलेले सो कुरा बताउनु भएको हो । “मन्त्रालयबाट जति योजना सुरु भएका छन्, सबैको ठोस परिणम आवस”, मन्त्री आलेले भन्नुभयो, “समय छोटो छ, हामीले सञ्चालनमा ल्याएका योजनाहरु चाडो सम्पन्न गरी ठोस परिणम दिनुस ।”

कोरोनाका कारण मन्त्रालय तथा मातहतका निकायबाट सञ्चालन भइरहेका कामहरुमा केही समस्या भएको कर्मचारीले जानकारी दिएपछि मन्त्री आलेले कोरोना दोस लगाएर मात्रै समस्या समाधान नहुँने तथा नागरिकलाई पनि सेवा नहुँने भएकाले अहिलेको समय भनेको नागरिकलाई सेवा मुखी काम देखाने बेला भएको धारणा राख्नु भएको थियो । यसैगरी मन्त्री आलेले वन क्षेत्रमा बिगतमा गरिएको फडानीका कारण बन्यजन्तुलाइ बास बस्न तथा आहाराका लागि समस्या हुँदा गाउँ पस्न थालेकाले अहिले नागरिक र वन्यजन्तु बिच द्धन्द्ध सृजना भइरहेकाले त्यसतर्फ विशेष ध्यान दिएर नागरिक र वन्यजन्तु बिचको द्धन्द्ध न्यूनिकरणमा लाग्न मातहतका सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।

यसैगरी मन्त्री आलेले बिगतमा बैज्ञानिक वनका नाममा काटिएका काठको लगत अहिले सम्म पनि प्रदेश सरकार मातहतका वन कार्यालयबाट उपलब्ध नभएका कारण वन सम्बन्धिका अन्य काम गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैज्ञानिक वनका नाममा काटिएको काठ कति छ अहिले सम्म बिबरण आएको छैन, कसरी मन्त्रालयले त्यो विषयमा योजना बनाउन सक्छ, मन्त्रालयले काम गरेन भन्ने आफु बिबरण नपठाउने, असहयोगि भावनाले कसरी नागरिकलाई फाइदा हुने काम गर्छ र, नागरिकको सेवा गर्न बसेका व्यक्तिले असहयोगि भावना राखेर हुन्छ ।”

उक्त दोश्रो चौमासिक समिक्षा बैंठकमा प्रदेश सरकार द्धारा निर्माण गरिएका तथा गरिन लागेका प्रदेश ऐनका कारण वन तथा वातावरण मन्त्रालयद्धारा गरिने बिभिन्न काम कारवाहिमा समस्या उत्पन्न हुन थालेका कारण त्यसतर्फ विशेष ध्यान दिन मन्त्री आलेलाई कर्मचारीले गुनासो राखेका थिए । कर्मचारीका गुनासा सुन्दै मन्त्री आलेले प्रदेश सरकार द्धारा निर्माण गरिएका ऐनहरुको विषयमा छलफल गरी कुरो अगाडी बढाउने आश्वासन समेत दिनुभयो । यसैगरी उक्त बैठकका प्रमुख अतिथी तथा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रशाद ओलीले वन्यजन्तुका कारण नागरिकलाई दिनहुँ समस्या भइरहेको जन गुनासो बढेकाले मन्त्रालयले विशेष गरी वन्यजन्तुले नोक्सान गरेका क्षेत्रमा तत्काल राहतका लागि पहल गर्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्