घाँस काट्न जाँदा हराएका ७ बालिकासहित १ किशोरी भारतको सीतामढीमा फेला



न्युज अफ नेपाल काठमाडौं ।

महोत्तरीका नगरपालिका–८, धरमपुरका ७ बालिकासहित १ किशोरी भारतको सीतामढीमा फेला परेका छन् । उनीहरुलाई अभिभावको जिम्मा लगाउन सितामाणीबाट जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको छ ।

उनीहरुको खोजी गर्ने क्रममा बिहान भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले बताइन् । भारतीय प्रहरीले सोधपुक्ष गर्दा उनिहरुले गायिका बन्न आएको अनौठो जवाफ दिएका छन् । घाँस काटन गएका बालिका हिजोदेखि सम्पर्क विहिन भएकोमा रातिबाटै उनिहरुको खोजिकार्य भएको शुरु भएको थियो ।

सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतीय प्रहरीको सहयोग र समन्वयमा सातै जनालाई उद्धार गरी फर्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । घाँस काट्न गएदेखि आज सीतामढीको रेल्वे स्टेशनमा भेटिनुअघि सम्मको कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्ष सम्मका सात बालिका सम्पर्कविहीन भएका थिए । दिउँसो घाँस काट्न गएका घर नफर्केपछि धर्मपुरमा कोलाहल मच्चिएको थियो । घाँस काट्न समूहमा निस्केका १० वर्षीया रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान र रचना पासवान एवम् १८ वर्षीया नगिना पासवान र अस्मिता पासवान आज सीतामढीमा फेला परेका हुन् । सातै जनालाई आजै परिवारजनको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्