घाँस काट्न गएका ७ जना बालिका र एक किशोरी वेपत्ता



न्युज अफ नेपाल, काठमाडौं ।

महात्तरीको भंगहा नगरपालिका-८ धर्मपुरका ६जना बालिका र एक किशोरी हिजो देखि सम्पर्कविहीन भएका छन्। मंगलबार दिउँसो करिब १ बजे घाँस काट्न निस्किएका उनीहरू सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जन पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनले सम्पर्कविहीन भएको घटना थाहा पाएलगतै प्रहरीसँग समन्वय गरि नगरपालिकाले खोजी गरिरहेको छ । सम्पर्कविहीन भएका किशोरी र बालिकाहरु घर नफर्किदा परिवारमा रुवाबासी सुरु भएको छ भने गाउँले त्रसित बनेका छन् ।

सम्पर्कविहीन किशोरीहरुको को रातिदेखि नै खोजी कार्य सुरु गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिएका छन। ‘प्रहरी परिचालन गरेर हिजोदेखि उनीहरुको खोजिकार्य तिव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्