सरकार र थारु संगठनबीच वार्ता सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

सरकार र थारु संगठनबीच पहिलो चरणको वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र विभिन्न माग राखी आन्दोलनरत थार संगठनबीच गृहमन्त्रालयमा वार्ता सुरु भएको हो ।

सांसद रेशम चौधरीको रिहाइ लगायतका माग राख्दै आन्दोलनमा उत्रिएपछि थारु संगठनलाई थापाले वार्ताका लागि आह्वान गरेका थिए । सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी रहेको वार्ता टोलीमा रहेका छन् ।

उनीहरुले टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेलगाएतका १९ बुँदे माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्