अंग्रेजी लेखनमा सहयोगी पुस्तिका राइट वेल



नेपाल समाचारपत्र, काठमाडौं  ।

निम्न माध्यामिक र माध्यमिक तहका विद्यार्थीहरुलाई अंग्रेजी लेखनमा सहयोग गर्ने उद्देश्यले २२ वर्षे युवा ताबिन राज बास्कोटाले एउटा पुस्तिका लेखेका छन्– ञराइट वेलु अर्थात ञराम्रो लेखु। काव्य स्कुलबाट विद्यालय शिक्षा, इस्लिद्य्रटन कलेजबाट ए लेबल र थाइल्याण्डको सियाम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट केही महिनाअघि बीबीए उतीर्ण गरेका लेखक बास्कोटा स्नातकोत्तर अध्ययनको तयारीमा छन्।

विशेषगरी निम्न माध्यामिक र माध्यामिक तहका विद्यार्थीहरुको अंग्रेजी लेखन सिलसिलेवार नहुने गरेको, प्रश्न एउटा जवाफ अर्काे हुने गरेको, लेख्न खोजिएका र लेखिएका विषय प्रष्ट र पूरा नहुने गरेको कारणले सहयोगी पुस्तिकाको खाँचो देखेर आफूले पुस्तिका लेखेको बास्कोटाले बताउनुभयो।उहाँले आफूले लेखेको पुस्तिका नेपालको विद्यालयमा ६ कक्षादेखि लागू गर्न सकिने दाबी गर्नुभयो।काव्य स्कुल नयाँ बानेश्वरमा सूचना प्रविधि र लेखनकला विषयमा अध्यापन गर्दै आएका बास्कोटाले विद्यार्थीहमा अंग्रेजीमा सजिलैसँग कुराकानी गर्नसक्ने क्षमता भए तापनि अंग्रेजी लेखनमा अझै पनि कमीकमजोरी देखिएकोले सो पुस्तिकाको आवश्यकता परेको उहाँको तर्क छ।यसको साथै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरको लागि आवश्यक पर्ने परीक्षा आई.ई.एल.टि.एस र एस.ए.टि को लागि समेत सो पुस्तिका सहयोगी हुने उहाँको भनाइ छ।

बदलिँदो समयअनुसार इमेल, इन्टरनेटजस्ता अनलाइनहरुमा औपचारिक पत्र लेख्ने कलादेखि विद्यार्थीहरुलाई पावरप्वाइन्ट प्रिजेन्टेसन, ग्राफिक अर्गनाइजेसन र विचार आदानप्रदान गर्नको लागि समेत सो पुस्तिकाले सहयोग बताइएको छ।लेखक बास्कोटाको पहिलो कृति ञराइट वेलुलाई नेदरल्यान्डस्को सरकारी पाठ्यक्रम निर्माता मार्लिन स्पिरिद्य्र र अमेरिकी शिक्षावीद् कृष्टिन हर्कट, जर्मनीकी शिक्षावीद् सिलिया नरिद्य्रले समेत शुभकामना सन्देश पठाउनुभएको छ।झापा स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका ११ विष्णुदेवी भिलेज, नैकाप बस्दै आएका युवा लेखक बास्कोटाले आफ्नो पहिलो कृति स्वर्गीय आमा बिष्णुकुमारी राई बास्कोटाप्रति समर्पित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्