के यस्तो माया बस्यो सार्वजनिक



गायन रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजवंशी र नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईंको युगल स्वर रहेको गीत के यस्तो माया बस्यो नि सार्वजनिक गरिएको छ।

गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको गीतको म्युजिक भिडियोमा सुरविना कार्की र नाजिर हुसेनले अभिनय गरेका छन्। भिडियोमा एकै गाउँका किशोरकिशोरीको गाउँले परिवेशमा त्यहींको माहोलमा झाँगिँदै गइरहेको प्रेम देखाइएको छ। निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। गीतको म्युजिक भिडियो टुवेल नोट्सको युटुयुब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्