‘थ्री नेसन्स कप’को उपाधि नेपाललाई



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालले बंगलादेशलाई पराजित गर्दै थ्रि नेसन्स कप फुटबलको उपाधि जितेको छ। शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २(१ ले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि १८औं मिनेटमा सञ्जोग राई र ४२औं मिनेटमा विशाल राईले गोल गरेका हुन्।

बंगलादेशले ८३औं मिनेटमा गोल फर्काएको थियो। प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमूनिका टिम सहभागी थिए।

उपाधिसँगै नेपालले ५ हर अमेरिकी डलर पुरस्कार पाएको छ। उपविजेता बंगलादेशले ३ हजार डलर पुरस्कार पाएको छ। प्लेयर अफ दी फाइनल स‌ंजोग राई घोषित भए भने रोहित चन्द प्रतियागिताकै उत्कृष्ट खेलाडी बने।

तस्बिर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्