सक्षम सोसाईटी नेपालद्वारा सञ्चालित नि:शुल्क दन्त शिविर सम्पन्न



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नं. १,२,३ मा निशुल्क दन्त शिविर सञ्चालन गर्दा ८४० जनाले सेवा प्राप्त गरेका छन् ।

सक्षम सोसाईटि नेपालको आयोजना मा काठमाण्डौ मोडेल अस्पताल स्कुल ओलार हेल्पको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।यहाकाँ स्थानिय बासिहरुको स्वास्थ्य मार्फत सहयोग गर्न पाउदा अत्यन्त हर्ष विभोर भएको सक्षम सोसाईटिका महासचिव अजय लामाले बताउनु भयो ।

घ्योल्मो हेल्पिङ घ्याण्डस नेपाल सह—आयोजक र मुख्य सहयोगी गोसाईकुण्ड गाउँपालिका को रहेको थियो ।विगतको बर्षमा सिन्धुपाल्चोक मा समेत शिविर सञ्चालन गरेका थिए ।साथै पर्यटकीय क्षेत्र समेत रहेको यस ठाउँमा सरसफाई समेत गरि स्वास्थ्य रहन आग्रह गरिएको बताइएको छ ।सक्षम सोसाईटी नेपालले जिल्ला भर सरसफाई लगाएत स्वास्थ्य क्षेत्र,वातावरण सँरक्षण,सामाजिक कार्यमा काम समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्