नाका कडाइ गर्न व्यवसायीको माग



बुटवल, नेस ।

भारतमा कोरोना संक्रमणको दर बढेपछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नेपालमा त्यसको संक्रमण फैलिन नदिनको लागि सीमा नाकामा कडाइ गर्न र स्वास्थ्य मापदण्डको पालनाको लागि आग्रह गरेको छ । संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण फैलिन नदिन र त्यसबाट बच्नको लागि सरकारलाई निाकामा कडाइ गर्न र उद्योगी व्यवसायीसहित समुदायलाई स्वास्थ्य मापदण्ड पालनाको लागि आग्रह गरेको हो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूद्वारा जारी विज्ञप्तिमा सभा सम्मेलन, जुलुस लगायतका भीडभाड हुने गतिविधि नगर्नको लागि सरकारले गरेको आग्रहलाई स्वागत गर्दै सबैलाई आह्वान पनि गरिएको छ ।नेपालसंँग खुला सीमा रहेको भारतमा कोरोना संक्रमणको दर बढेपछि त्यसले गम्भीर बनाएको उल्लेख गर्दै नेपालमा संक्रमण फैलिन र त्यसबाट उत्पन्न हुने नकारात्मक प्रभाव हुन नदिनको लागि सरकार गम्भीर बन्नुपर्ने उल्लेख गर्दै सीमा नाकामा हुने आवत जावतलाई कडाई गर्न, सीमामा कोभिड–१९ सम्बन्धी चेक प्वाईन्ट स्थापना गर्न, हेल्पडेस्क राख्न र नेपाल भित्रिने सबैलाई क्वारेनटाइनमा राख्ने व्यबस्था मिलाउनको लागि सरकारसँग आग्रह गरिएको छ ।

त्यस्तैगरी संक्रमण फैलिन नदिन र त्यसबाट बच्नको लागि उद्योगी व्यवसायीसहित आम समुदायमा अनिवार्य रुपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, समाजिक दूरी कायम गर्ने लगायतका सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालनाको लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्