म्यानमार ‘कु’ : सेना पार्टीमा रमाउँदै, जनता अन्त्येष्टिमा रुदैँ



याँगुन, (एजेन्सी)

म्यान्मारमा सैनिक सरकार जुन्ताको विरोध गरे वापत कम्तिमा ९१ ज्ना प्रदर्शनकारी मारिएकोमा अन्तार्रष्ट्रिय समुदायले तिव्र आक्रोश व्यक्त गेको छ । विश्वका १२ वटा मुलुकका रक्षा मन्त्रालयले म्यानमारका सेनाको औपचारिक रुपमा आलोचना गरेका छन् ।

१ फ्रेब्रुअरीमा राष्ट्रपति विन मिन्ट , प्रजातन्त्रवादी नेतृ आंग सान सुकी लगायत सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीका थुप्रै वरिष्ठ नेतालाई हिरासतमा लिएर सेनाले सत्ता कब्जा गरेको थियो । सो सैनिक विद्रोह यता शनिवारको दिन म्यान्मारका सुरक्षा फौजले सबैभन्दा ठूलो आतंक मच्चाएको अमेरिकी सेनाले आरोप लगाएको छ ।

तर सोही राति सैनिक विद्रोहका नतो जनरल मिन आंग लाइंग र उनका अन्य जनरलहरु भने शसस्त्र फौज दिवसको उपलक्षमा आयोजित भव्य रात्रि भोजमा रमाइरहेका थिए । आइतवार सेनाको गोली लागेर मरेका प्रदशनकारीहरुको आयोजना गरिएको अन्तेष्टि कार्यक्रममा पनि सेनाले हस्तक्षेप गरेको बताइएको छ ।

सेनाले सत्ता हातमा लिए यता म्यान्मारमा चार सयजना भन्दा बढि व्यक्तिले ज्यान गुमाइसकेका छन् । गत वर्षको नोभेम्वरमा भएको आम निर्वाचनमा सुकीको पार्टीले अत्यधिक बहुमत सहित विजय हासिल गरेपछि सेनाले चुनावमा धााधली भएको आरोप लगाउँदै सत्ता कबजा गरेको हो ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेस लगायत वेलायत , जापान र अष्ट्रेलिया जस्त मुलुकले म्यान्मारमा सेनाको ज्यादती विरुद्ध बोलेका छन् । तर रसिया र चीन भने अझै सम्म यस विष्यमा मौनै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्