सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु



फाइल फोटो

सरिता चलाउने, सल्यान ।

सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ साल्घारी बस्ने ४५ बर्षिय एलि चलाउनेको माटो खन्ने क्रममा माथि बाट आएको ढिस्कोले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

शनिवार दिउसो ५ जना महिला घर देखि १० मिनेट टाढा घर पोत्ने माटो खन्ने क्रममा माथि बाट आएको माटोको ढिस्कोले लागेर सोही ठाउँ बस्ने ३२ बर्षिय पौरी बोहरा र एलि चलाउने गम्भिर घाईते भएका थिए । चलाउनेको उपचारको लागि श्रीनगरमा रहेको सारदा मेट्रोमा उपचार गर्न ल्याएको र अवस्था गम्भिर भएपछि थप उचारको लागि जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी प्रहरी निरक्षक लक्ष्मण ओलीले जानकारी दिनु भयो ।

गम्भिर घाईते बोहराको भने श्रीनगरमा रहेको सारदा मेट्रोमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार अन्य तिन जना महिला भने सकुसल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्