नेता लिम्बू पक्राउ परेसँगै सरकारलाई विप्लव समूहको चेतावनी



न्युज अफ नेपाल, काठमाडौ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ । ताप्लेजुङका नेता सागर लिम्बूलाई प्रहरीले पक्राउ गरेसँगै विप्लव समूहले विज्ञप्ति जारी गर्दै सरकारको इमान्दारीतामाथि प्रश्न उठाएको छ ।

सरकार र आफ्नो पार्टीबीच भएको सहमति अनुरुप कारागारमा रहेका सम्पूर्ण नेता–कार्यकर्ता रिहा गर्नुको साटो पक्राउ गरेपछि विप्लव समूहले सरकारको इमानदरीतामाथि प्रश्न उठाएको हो ।

गत फागुन २० गते विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको थियो । विप्लव समूह र सरकारबीच विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ गरी सम्पूर्ण मुद्दा खारेजको सहमति भएको थियो ।

तर, सहमतिविपरीत सरकारले फुङ्लिङ बजारबाट लिम्बूलाई पक्राउ गरेपछि विप्लव समूहका मेची कोशी ब्यूरो इञ्चार्ज प्रकाशले सरकारलाई इमान्दारीतापूर्वक सहमतिको पालना गर्न आग्रह गरेका छन् ।

यस्तै, पक्राउ परेका लिम्बूलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्