कोरोना अस्पतालमा भीषण आगलागी, कम्तीमा १० को मृत्यु



काठमाडौं ।

भारतको मुम्बईस्थित एक कोरोना अस्पतालमा भीषण आगलागी भएको छ । कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको सनराइज अस्पतालमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो आगलागी परी कम्तीमा १० जनाको मृत्यु भएको मुम्बई प्रहरीले बताएको छ । अस्पतालमा आगो फैलिएसँगै बिरमीहरुको उददार सुरु गरिएको थियो । उद्दार गरिएका बिरामीलाई अर्को अस्पतालमा सारिएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुलीसकेको छैन ।

 

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्