सुत्केरी हुने भन्दा गर्भपतन गराउने बढी



दुर्गाप्रसाद शर्मा ,पर्वत ।

कुनै पनि महिलाले अनिच्छित गर्भधारण गरेमा सुरक्षित हिसाबले गर्भपतन गराउन सक्ने अबस्था छ तर गर्भपतन गराउनेको संख्या सुत्केरी हुने महिलाको भन्दा बढी देखिन थालेको छ ।पर्वत जिल्लामा आर्थिक वर्ष २०७६-७७ मा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका महिलाको कुल संख्या ७ सय ९८ रहेको छ भने गर्भपतन गराएकाको १ हजार २ सय २३ छ। यो संख्या सरकारले तोकेको गर्भपत गराउने सस्थमा पुगेर गर्भपत गराउनेको मात्र हो घरमै औषधी सेवन गरेर वा अन्य जिल्लामा पुगेर गर्भपत गराउनेको संख्या जोड्ने हो भने दोब्बर हुने अनुमान छ ।

स्वास्थ्य कार्यालयक पर्वतका अनुसार मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउने र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने महिलाको संख्या मात्र यसमा समाबेश छ । घरमा सुत्केरी क्रम शुन्य प्राय रहेका कारण पनि सुत्केरी हुनेको संख्या यकिन छ तर जिल्ला बाहिर जाने तथा घरमै औषधी खाएर असुरक्षित ढंगले गर्भपतन गर्नेको संख्या असाध्यै धेरै छ । अस्पतालमा जाँदा झन्झट हुन सक्ने, चिने जानेका मानिसहरु भेट हुन सक्ने, सरकारी अभिलेदमा नाम दर्ता हुनेलगायत डरका कारण निजी क्लिनिक तथा जिल्ला बाहिर बागलुङ र पोखरामा पुगेर गर्भपतन गराउने तथा घरमै लगेर औषधिको सेवन गर्नेहरुको सङ्ख्या धेरै भएको कार्यालयका तथ्याँक अधिकृत प्रबिण भण्डारीले बताउनुभयो ।‘सरकारले तोकेका स्वास्थ्य संस्थाहरुमा पुगेर गर्भपतन गराएकारुको तथ्यांक भएपनि सरकारले नतोकेका ठाउँमा व्यक्तिगत हिसाबले जाने निजी क्लिनिकमा जाने, जिल्ला बाहिर गएर गर्भपतन गराउने र घरमै लगेर औषधि सेवन गर्नेको संख्या अधिक छ।’ उहाँले भन्नुभयो ‘स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी हुनेको सङ्ख्या भन्दा गर्भपतन गराउनेको सङ्ख्या बढी हुनुले यौनमा भइरहेको लापरबाही र स्वास्थ्यप्रति मान्छे कति चिन्तनविहीन छ भन्ने प्रस्ट हुन्छ।’

परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न जोडीले नीच मार्नु, गर्भ निरोधका साधनहरु किन्न हिचकिचाउनु, सबै ठाउँमा सामग्रीहरु सहजै उपलब्ध नहुनु तथा गर्भपतनले भविष्यमा पार्न सक्ने असरका विषयमा जानकारी नलिँदालगायत कारण पर्वतमा अनिसरकाच्छित गर्भधारणपछि गरिने गर्भपतनको अवस्था भयावह देखिएको उहाँको भनाई छ । गर्भपतन गराउनेहरूमा २० वर्षभन्दा कम उमेरका किशोरीको संख्या पनि छ। २०७४-७५ मा कुल तीन सय १३ जनाले गर्भपतन गराएकोमा त्यसको १४ दशमपल ३ प्रतिशत अर्थात् ४५ जना २० वर्ष मुनिका किशोरी छन्।परिवार नियोजनका साधनको प्रयोगलाई झन्झटको रुपमा लिएर यौन सम्बन्धको बेलामा बेवास्ता गर्दा यस्तो समस्या बढिरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा भोजराज गौतम बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्