विभेदविरुद्ध राज सागरको मान्छे



गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेदविरुद्धको सांगीतिक कोशेली ए मान्छे सार्वजनिक गरेका छन्। ५६औं अन्तर्राष्ट्रिय रंगभेद तथा सबै खाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको अवसर पारेर उनले सन्देशमूलक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्। गीतमा राज सागरकै संगीत छ।

चर्चित लेखक आहुतिको शब्द रहेको ए मान्छे २१औं शताब्दीमा मान्छेले बेहोर्नुपरिरहेको विभेदविरुद्धको रचनात्मक आवाज रहेको गायक राज सागरले बताए। अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आइरहेको सन्दर्भमा असमानता र अन्यायको जरो जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयासस्वरूप गीति कोशेली ल्याएको गायक राज सागर बताउँछन्।

मायापिरतीका धेरै गीत गाइयो, ताली पनि पाइयो नाम र दाम सबै पाइयो। तर, समाजलाई के दिन सकियो भन्ने आफंैभित्रको प्रश्नको उत्तर हो यो यो गीत’, राज सागर थप्छन्– ‘मान्छेहरू जातकै कारण मारिने क्रम नरोकिँदा सांगीतिक क्षेत्रवाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ।’मर्यादा मिडियाको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन श्याम नेपालले गरेका छन् भने सम्पादन युसब सापकोटाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्