ललिता निवासको जग्गामा निर्माण भइरहेका घर टहरा हटाउन निर्देशन



न्युज अफ नेपाल, काठमाडौँ ।

बालुवाटारस्थित ललिता निवासको जग्गामा भइरहेका घरटहरा निर्माण कार्य रोक्न पत्राचार गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।

‘बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका केही जग्गाहरूमा हाल पनि घरटहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले’, पत्रमा लेखिएको छ, ‘यसै पत्रसाथ संलग्न विवरणका जग्गाहरूमा नक्सा पाससम्बन्धी कार्य नगराउने व्यवस्था मिलाउन र कानुनविपरीत घरटहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्यवस्थाका लागि लेखी पठाउने भनी नेपाल सरकार (मा. मन्त्रीस्तर)बाट बाट मिति २०७७/१२/१० मा निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्