एलजीको नयाँ वर्ष अफर



काठमाडौं, ।

एलजी ब्रान्डले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, ‘हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई’ जारी गरेको छ । यस योजनाअन्तर्गत एलजीको लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानको खरिदमा विशेष नगदछुट तथा पक्का उपहार प्रदान गरेको छ । नर्मल र स्मार्ट एलईडी टिभी, एयर पियुरिफायर, भ्याकुमक्लिनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४ हजार ४९० रुपियाँ मूल्यको फ्रि माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २४५० रुपियाँको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् । त्यस्तै,ग्राहकहरुलेम ाइक्रोवेभ ओभनको खरिदमा २८ सय मूल्यको फ्रि खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजीमाथि) को खरिदमा ५२३० रुपियाँ मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मसिन फ्रन्ट लोड (८ केजीसम्म) को खरिदमा २६५० रुपियाँ मूल्यको फ्री इलेक्ट्रीक केटल र वासिङ मेसिन टप लोडको खरिदमा १०२० रुपियाँ मूल्यको फ्री ड्राइ आइरन प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकले चार हजार मूल्यको फ्रि जडान सेवा प्राप्तगर्न सक्नेछन् । यो योजना नेपालभर चैत ११ गतेदेखि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्