सामसङले ए सिरिजमा ग्यालेक्सी ए ५२ र ७२ स्मार्टफोन ल्यायो



काठमाडौं, (नेस)

सामसङ नेपालले ए सिरिजअन्तर्गत ग्यालेक्सी ए ५२ तथा ग्यालेक्सी ए ७२ स्मार्टफोन बजारमा ल्याएको छ ।यी फोनमा आकर्षक क्यामरा, स्मुथ स्क्रोलिङ डिस्प्ले तथा आईपी ६७ जस्तो धुलो र पानी प्रतिरोधी नवीन प्रविधि तथा लामो समयसम्म टिकाउ हुने ब्याट्री समावेश गरिएको कम्पनीको दाबी छ ।

‘हामीले ग्राहकले के चाहनुहुन्छ त्यो प्रदान गर्न हामी निरन्तर प्रयासरत छौं । ग्राहकलाई सुलभ मूल्यमा नवीनतम् प्रविधिका साथ उत्पादनको सेवा प्रदान गर्न हामीले प्रतिबद्ध रहेका छौं । यसैको सिलसिलामा वेस्ट इन सेग्मेन्टअन्तर्गत आफ्नो ए सिरिज परिवारभित्र पावर प्याक्ड फिचरहरु भएका स्मार्ट फोन प्रस्तुत गरिएको छ ।’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले बताउनुभयो ।

यी स्मार्टफोन ६४ एमपी क्युड क्यामेराको साथ उपलब्ध रहेको छ । यसमा प्रयोग भएको तथा क्यामेराले उच्चस्तरीय सफा एवं स्पष्ट फोटो खिच्ने तथा १६ मेगा पिक्सेलको अलस्ट्रा वाइड र ८ मेगापिक्सलको टेलि लेन्स क्रमशः ६४ मेगापिक्सलको हाइ रेज त्यस्तै ५ मेगापिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो खिच्दा समेत क्रिस्टल क्लियर फोटो खिच्न सक्छ भने ३२ मेगा पिक्सलको फ्रन्ट क्यामेराले सेल्फी खिच्न सक्छ ।यी फोन तीन रङमा उपलब्ध रहेका छन् । यी फोनकोे मूल्य ४१ हजार ९९९, ५१ हजार ९९९ र ५६ हजार ९९९ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्