सकियो गणपति



भिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधान अभिनित फिल्म गणपतिको सुटिङ सकिएको छ। गत माघ ८ गते बन्दीपुरमा क्यामेरा अन भएको फिल्मको हालै मात्र सम्पूर्ण छायांकन पूरा भएको हो।

फिल्मको छायांकन सकेर निर्माण टिम काठमाडौं फर्किसकेको छ। हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक सविन अधिकारीले जानकारी गराएका छन्। फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा भएको हो। फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतले अभिनय गरेका छन्। फिल्मा कथा, पटकथा र संवाद निर्देशक अधिकारी स्वयंको रहेको छ। लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मले भगवान् र मानिसबीचको फरक देखाउनेछ।

हरिबहादुर घलेको छायांकन, विक्रम स्वाँरको कोरियोग्राफी रहेको फिल्मको गीतमा अनिश अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिश अधिकारी र देवेन्द्र बब्लुले स्वर दिएका छन्। फिल्मलाई २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ।गोविन्द शाहीले वितरण गर्ने फिल्मको ओभरसिज राइट्स स्रित फिल्म्स् एन्ड इन्टरटेन्मेन्टले लिएको छ। स्रित फिल्म्स् एन्ड इन्टरटेन्मेन्टका श्रीदेव बीएलका अनुसार फिल्म नेपालभन्दा पहिले यूके र अस्ट्रेलियामा रिलिज हुनेछ। गणपति नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्