लाङटाङ राष्ट्रिय निकुञ्जको ४५ औ वार्षिक उत्सवमा सात संरक्षण प्रेमी सम्मानीत



सरस्वती न्यौपाने, रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्जको ४५ औ वार्षिक उत्सवमा सात संरक्षण प्रेमी सम्मानित भएका छन ।

जैविक विविधता को संरक्षण नै समृद्धिको आधार भन्ने मुल मन्त्र बाकी चैत ९ गते आफ्नो स्थापना दिवश मनाइरहदा संरक्षण को पाटोमा आफ्नो क्षेत्रबाट अमुल्य योगदान गरे बापत नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ नेपाल प्रहरी वरिष्ठ पर्यटन तथा होटल व्यवसायी सुब्बा लामा सञ्चार कर्मी ज्ञानेन्द्र न्यौपाने गोसाईकुण्ड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सुप्पा लामा लाङटाङ हिउँ चितुवा संरक्षण समुह निकुञ्ज एक कर्मचारी रहेका छन ।

यस्तै निकुञ्ज भित्र वन्यजन्तु बाट क्षति भएको बाली नाली को क्षति वापत राहत वितरण समेत गरिएको थियो । बदेलले मकै बाली क्षति गरेको कालिका गा.पा. एक का दिपक तामाङ लाई ६० हजार कालिका गा.पा ३ का खिल प्रसाद आर्चाय लाई ६५ हजार नौकुण्ड ६ का बुधे ग्याम्जो तितुङलाई ७५ हजार कालिका दुईको राम प्रसाद न्यौपाने लाई ७५ हजार कालिका दुईकै तुल बहादुर स्याङबो लाई ७० हजार कालिका २ कै कृष्ण बहादुर मोक्तान लाई ४५ हजार वितरण गरिएको बताइएको छ । उहाँहरु सबै को बदेल ले मकै बाली को क्षति पुरयाएको थियो ।

२०३२ साल चैत्र नौ गते स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रफलको आधारमा नेपालको दोस्रो ठुलो राष्ट्रिय निकुञ्ज भएकोले रसुवा नुवाकोट र सिन्धुपाल्चोक गरी ११ वटा गाउँपालिकालाई समावेश गरी २०५५ बैशाख १४ गते निकुन्जको मध्यवर्ती क्षेत्र उपभोक्ता समिति मार्फत जैविक विविधता संरक्षण र व्यवस्थापनका विविध कार्यक्रम सञ्चालन भइरहेका छन ।

भौगोलोगिक विकटता अबैधानिक रुपमा निर्माण भएका विकासका पुर्वाधारहरु वन पैदावरको अबैध संकलन तथा ओसार पोसार वन्यजन्तुको चोरी शिकार तथा तिनको अङ्गहरको अबैध ओसार पसार सुख्खा मौसममा हुने आगलागि तथा स्थानीय जनता बन्यजन्तु बीच समय समयमा उत्पन्न हुने द्धन्द यस निकुञ्ज संरक्षणका लागि समस्याको रुपमा रहेकाले यिनै समस्याहरुको सामना गर्दै वन वन्यजन्तु तथा जैविक विविधता को संरक्षण गर्नु निकुञ्जको मुल उद्देश्य रहेको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताउनु भयो ।

नेपालको संघिय राजधानी काठमाण्डौ बाट सबैभन्दा नजिक को हिमाली निकुञ्ज रहेको छ। पदयात्राको लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपुर्ण सं रक्षण क्षेत्र पछिको तेस्रो गन्तव्य स्थलको रुपमा परिचित छ । निकुञ्ज क्षेत्रमा ह्ुने वन पैदावरको चापलाई न्युनिकरण गर्न र निकुन्ज क्षेत्रमा हुने वन पैदावरको चापलाई न्युनिकरण गर्न र निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेको प्राकृतिक श्रोतहरुको उचित व्यवस्थापन को लागि निकुञ्ज अन्तर्गत २१ वाटा मध्यवर्ति क्षेत्र उपभोक्ता समिति र १९१ वटा मध्यवर्ति क्षेत्र उपभोक्ता समुहहरु रसुवा नुवाकोट सिन्धुपाल्चोक गरि तिन जिल्लाहरु का १० वटा गाउँपालिका हरुमा गठन भएका छन ।

यस निकुञ्जमा साल खोटे सल्ला, कटुस, गोबे्र सल्ला, धुपी सल्ला, ओखर,खसु्र, भोजपत्र,गुरासँ लगाएत एक हजार भन्दा बढि प्रजातिका वनस्पतिहरु रेडपाण्डा कस्तुरी मृग हिउँ चितुवा ध्वासे चितुवा व्वासो सालक चरी बाघ आसमी रातो बाँदर लंगुर बाँदर धारेल कालो भालु जस्ता दुलर्भ तथा महत्वपुर्ण वन्यजन्तुहरु पाईन्छ ।

यस निकुञ्जमा १७ वटा निकुञ्जको र १३ वटा ठाउँमा नेपाली सेनाको पोष्ट रहेका छन । अथााह पर्यटकिय आकर्षणको केन्द्रलाई भरपुर उपयोग गरि स्थानिय तथा केन्द्रलाई भरपुर उपयोग गरि स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुरयाउन सकिने प्रशस्तै सम्भावना बोकेको यस क्षेत्रको लागि जलिय पर्यटन समेत ठुलो सम्भावना बोकेको यस क्षेत्रको लागि जलिय पर्यटन समेत ठुलो सम्भावना बोकेको क्षेत्र हो ।

निकुञ्जको संरक्षण र व्यवस्थापन लाई यफ प्रभावकारी बनाउन १० वटै गाउँपालिका स्थानीय आमा समुह,इकोक्लब,हिउँचितुवा संरक्षण समिति , मध्यवर्ती क्षेत्र उपभोक्ता समिति खर्क व्यवस्थापन समुह लगाएतका स्थानीय स्तरमा रहेका विभिन्न संघसंस्था हरुसंग समन्वय तथा सहकार्यमा संरक्षणका कार्यहरु हुदैँ आएका छन ।

प्रतिक्रिया दिनुहोस्