अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरीसहित १० जनाको मृत्यु



काठमाडौं ।
अमेरिकामा कोलोराडो राज्यमा अन्धाधुन्ध गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।कोलोराडोको बोल्डर शहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार भएपछि भागदौड मच्चिएको थियो । स्थानीय समय अनुसार दिउँसो ३ बजे बन्दुक आक्रमण भएको हो । आक्रमणको कारण, उद्देश्य र विस्तृत विवरण सार्वजनिक नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

घटनालगत्तै भएको पत्रकार सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक जना सन्दिग्ध व्यक्तिलाई हिरासतमा लिइएको छ । ती सन्दिग्ध व्यक्तिले किङ सुपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाएका थिए । उक्त घटनाको प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्