तिलाठी कोइलाडी र टिभीएस किंग्स विजयी



राजविराज, (नेस) ।

तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगअन्तर्गत दोश्रो दिन सोमबार तिलाठी कोइलाडी जायन्टस र टिभीएस किंग्स राजविराजले जित हात पारेका छन् ।राज रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा दीपेन्द्र सिंह ऐरी कप्तान रहेको तिलाठी कोइलाडी जायन्टसले विवेक यादव कप्तानीको बजाज खडक वारियर्सलाई ४ विकेटले पराजित गरेको हो ।

बजाज खडक वारियर्सले दिएको १ सय रनको लक्ष्य तिलाठी कोइलाडीले १७.४ ओभरमा ६ विकेटको क्षेतीमा पुरा ग¥यो । तिलाठी कोइलाडीका लागि ओपनर आशिष झाले सर्वाधिक ६५ रन बनाए । उनले ५० बलमा ८ चौका र ३ छक्का प्रहार गरे । जबकि, कप्तान दीपेन्द्र सिंहले १ रन मात्र बनाउन सके । बजाज खडकको बलिंगमा भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १ विकेट लिए ।यसअघि, टस जितेर ब्याटिङ गरेको बजाज खडकले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो । वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४ रन तथा पप्पु यादवले १० रन बनाए । तिलाठी कोइलाडीको बलिङमा दायाँहाते फास्ट बलर आदील अन्सारीले सर्वाधिक ४ विकेट लिए । उनले ३ ओभरमा २० रन खर्चेका थिए । यस्तै, राशिद खान र दीपेश कंडेलले समान २ विकेट लिए भने कप्तान दीपेन्द्र र मनीष मण्डलले समान १ विकेट हात पारेका थिए । ‘प्लेयर अफ द म्याच’ तिलाठी कोइलाडीका आशिष झा चुनिए ।

दोश्रो खेलमा टीभीएस किंग्स राजविराजले बोदे बर्साइन थन्डर्सलाई सुपर ओभरमा पराजित ग¥यो । किंग्स राजविराजले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइन थन्डर्सले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिंग गरेको बोदे बर्साइनले मात्र ४ रन बनायो । ५ रनको लक्ष्य किंग्सले ३ बलमा भेटायो ।बोदे बर्साइनको ब्याटिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४६ रन बनाए । उनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै, अविनाश कर्णले ४३ बलमा ४ चौका मद्दतले ४२ रन बनाए । नारायण जोशीले २२ रन तथा अमित दासले १७ रन बनाए । किंग्सको बलिंगमा रोहित सिंह र दिनेश अधिकारीले समान २ विकेट तथा मेहबुब आलम र सुरज कुर्मीले समान १ विकेट लिएका थिए ।

यसअघि, टस जितेर ब्याटिंग गरेको किंग्स राजविराजले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १ सय ५६ रन बनाएको थियो । किंग्सको लागि दिनेश अधिकरीले सर्वाधिक ५१ रन योगदान दिए । उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, सोनु अन्सारीले ३० रन, सुरज प्रसाद कुर्मीले २५ रन र प्रशान्त सिंहले २१ रन बनाए । बोदे बर्साईन्को बलिङमा विशाल सुश्लिंग, वसन्त रेग्मी र सिद्धान्त लोहनीले समान २ विकेट प्राप्त गरेका थिए । ‘प्लेयर अफ द म्याच’ दिनेश अधिकरी चुनिए ।

प्रतिक्रिया दिनुहोस्