ओलीले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेकोमा भट्टराईको आपत्ति



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमाले (नेपाल-खनाल) समूहका का नेता योगेश कुमार भट्टराईले नेता माधव कुमार नेपालसहित चार जनालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेकोमा आपत्ति जनाएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रश्न सोध्नेहरु नै स्वयंम लाखौं प्रश्नको घेरामा रहेको जनाएका छन् । ओलीले गत चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक राख्दै नेता नेपालसहित डा। भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । सो बैठकमा नेपाल समूहका केन्द्रीय सदस्यहरु सहभागि भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्