दीपक-दीपाको ‘धनियाँ के होली’ सार्वजनिक (भिडिओसहित)



निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौलाले फागू पूर्णिमाका लागि ‘धनियाँ के होली’ गीत सार्वजनिक गरेकी छिन् । यस गीतमा दीपा आफैले स्वर दिएकी छन् भने पुरुषमा सुमित खड्काको स्वर रहेको छ ।

निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीप नारायण राजवंशीको शब्द छ । दीपाश्रीकै निर्देशनमा तयार भएको यस गीतको भिडियोमा हास्यकलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, शिवहरि पौडेल, किरण केसी, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्