सुदूरपश्चिम शीर्षस्थानमा



बाँके, (नेस) ।

लगातार तेस्रो खेल जित्दै सुदूरपश्चिमको स्टार सिटी युथ क्लब नेपालगञ्जमा जारी ‘एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता’को शीर्ष स्थानमा उक्लिएको छ ।लुम्बिनी प्रदेशको धम्बोझी क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम शीर्षस्थानमा पुगेको हो । यसअघि, गोल–अन्तरमा लुम्बिनी लिगको शीर्षस्थानमा थियो । दुई÷दुई खेल जितेको सुदूरपश्चिम र लुम्बिनी बीचको खेल प्रतिस्पर्धात्मक थियो । किपर विनय श्रेष्ठको गल्तीका कारण ८ मिनेटमै लुम्बिनीले गोल खाएको थियो । सुदूरपश्चिमका टोपबहादुर विष्टले गोल गरेका थिए । डिफेन्सले ब्याक पास दिएको बललाई किपर श्रेष्ठले फुस्काउँदा सुदूरपश्चिमका विष्टले सजिलै गोल गरेका थिए ।

किपरको गल्तीले गोल खाएपछि दबाबमा परेको लुम्बिनीलाई १७ मिनेट सुदूरपश्चिमका रूपबहादुर लामाले दोस्रो गोल थपे । डीएरिया बाहिर पाएको फ्रिकिकलाई लामाले गोलमा परिणत गरेका थिए । किपर श्रेष्ठले च्यापेर बसेको बारतिरबाटै लामाले गोल गरेका थिए ।लुम्बिनीले खेल फर्किने प्रयास गर्दै ६१ मिनेटमा गोल ग¥यो । लुम्बिनीका विशन गुरुङले गोल गरेका थिए । लुम्बिनीका रक्षक आशिष गुरुङको गल्तीको फाइदा उठाउँदै सुदूरपश्चिमका दीपकराज सिंह ठकुरीले ७४ मिनेटमा गोल गरेका थिए । आफ्नो पोजिटिसन छोडेर आफैले अगाडि बढाएको बल खोसिएर गोल भएपछि रक्षक गुरुङ धेरैबेरसम्म मैदानमा टाउकोमा हात समातेर बसेका थिए । खेलमा सुदूरपश्चिमका रूपबहादुर लामा ‘म्याद अफ म्याच’ भए ।

अर्को खेलमा बागमतीको धादिङ समाजले २ नम्बर प्रदेशको मनकामना युवा क्लबलाई ३–० गोलले पराजित गरेको छ । तेस्रो खेल खेलेको बागमतीको यो दोस्रो जीत हो । बागमतीलाई जिताउन २५ मिनेटमा शिशिर लेखी, ६८ मिनेटमा विजय भुजेल र ८७ मिनेटमा रवि भण्डारीले गोल गरेका थिए । यो खेलमा बागमतीका शिशिर लेखी ‘म्यान अफ म्याच’ भए ।

प्रतिक्रिया दिनुहोस्