बेथानचोक संगीतकर्मीमा गायक तिमल्सिना



बेथानचोक, (नेस) ।

राष्ट्रिय संगीतकर्मी संघ काभ्रे जिल्लाअन्तर्गत बेथानचोक गाउँपालिका शाखा विस्तार गरिएको छ।हालै सम्पन्न बेथानचोकका कलाकारको भेलाले निर्विरोधरूपमा गायक गोपाल तिमल्सिनाको अध्यक्षतामा बेथानचोक शाखा गठन गरेको हो।

सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजेश तिमल्सिना (फेन्टास्टिक), सचिवमा सुन्दर सुनाम, सहसचिव सरू श्रेष्ठ, कोषाध्यक्षमा अञ्जु श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी तिमल्सिना चुनिएका छन्। यस्तै सदस्यहरुमा रमण तिमल्सिना, राज तिमल्सिना, सुशील श्रेष्ठ, मनोज श्रेष्ठ, पाल्देन लामा सर्वसम्मत चयन भएका छन्।यसअघि बनेपा र धुलिखेल नगर समिति विस्तार गरिसकेको काभ्रे शाखाले अन्य पालिकामासमेत गठन गर्दै जाने जिल्ला अध्यक्ष अमरकृष्ण चन्दले जानकारी गराए।

राष्ट्रिय संगीतकर्मी संघ वागमती प्रदेशका सचिव कमल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाहालले कलाकर्मीहरुको हक–हितका लागि राष्ट्रिय संगीतकर्मी संघ लागिपरेको बताए। राष्ट्रिय संगीतकर्मी संघ काभ्रे जिल्लाका अध्यक्ष अमरकृष्ण चन्दले संस्थाका गतिविधि बारे जानकारी गराउँदै कलाकारहरुले आफ्नो मर्यादा नभुली अघि बढेको खण्डमा सफलताको सिँढी टाढा नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्