दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार : महामन्त्री कोइराला



चितवन ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।

पत्रकारसँगको भेटमा आज यहाँ उहाँले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “माओवादी केन्द्र र मधेशवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।” अहिले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उहाँको भनाइ थियो । माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “अहिले माओवादी केन्द्र सरकामा छ । उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।” प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उहाँले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्