मेगा बैंक एसियाली विकास बैंकको साझेदार बन्यो



काठमाडौं, (नेस) ।

मेगा बैंक नेपाल एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको छ । दिगो विकास लक्ष्यका अवधारणालाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थामार्फत् साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तर्देशीय व्यापारका लागि ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ ।

नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमुलक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको हो ।
साझेदारीपछि मेगा बैंकमार्फत् अन्तर्राष्ट्रिय व्यापार तथा व्यवसाय गर्ने ग्राहकलाई अब कारोबार गर्न सहज हुने भएको छ । सामान आयात तथा निर्यातका लागि प्रतीत पत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभूति पत्र (ग्यारेन्टी) दिने काम गर्छ ।

जसले नेपालको व्यवसाय प्रवद्र्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने मेगा बैंकले जनाएको छ । मेगा बैंक नेपालकी सीईओ अनुपमा खुञ्जेली भन्नुहुन्छ–‘एडीबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा हो, मेगा बैंकका ग्राहकलाई अब अन्तर्देशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्