डिफेन्डिङ च्याम्पियन गण्डकी पराजित



1307638543

गणेश घिमिरे, इलाम ।

जारी दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा विमान ट्रेडर्स बिर्तामोड झापाले पहिलो जित दर्ता गरेको छ ।
पहिलो खेलमा आर्मीसँग पराजित बनेको विमानले बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो सेट २५–२० ले जितेको विमानले दोस्रो र तेस्रो सेटमा २५–२३, २५–२३ को सेटमा जितेको हो । पहिलो खेलमा गण्डकी प्रदेशले गौरादह भलिबल क्लब झापालाई हराएको थियो ।

यसअघि, विभागीय टिमहरू त्रिभुवन आर्मी र एपिएफ क्लबले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरे । आर्मीले गौरादह नगर खेलकुद विकास समिति झापालाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–२० को सेटमा विजयी बनेको आर्मी दोस्रो र तेस्रो सेटमा लगातार २२–२५ र २३–२५ को सेटमा पराजित बन्न पुग्यो । तर, चौथो र पाँचौ सेटमा लगातार गौरदाहमाथि हावी बन्दै २५–१४ र १५–८ को सेटमा बिजयी बनेको हो । पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स विर्तामोड झापालाई ३–२ को सेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो ।

आर्मीसँग पराजित भएसँगै गौरादहको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । गौरादहको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा गण्डकी प्रदेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । आर्मी भने समूह ‘ए’ बाट २ खेल जित्दै शीर्ष स्थानमा उक्लिएको छ ।अर्को खेलमा समूह ‘बी’ को टोली एपिएफले दमक नगर भलिबल क्लबलाई ३–१ को सेटमा हराएर लगातार दोस्रो जित निकालेको हो । पहिलो सेटमा २५–२१ को सेटमा विजयी भए पनि दोस्रो सेटमा दमकले २५–२२ को सेट जितेको थियो ।

तर, तेस्रो र चौथो सेटमा एपीएफले क्रमश २५–१२ र २५–१९ को सेटमा जितेको थियो । समूह ‘बी’ बाट एपीएफ पनि शीर्ष स्थानम उक्लिएको छ । एपीएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै विजयी शुरुआत गरेको थियो ।
चौथो बागमती गोल्डकप हुँदै

प्रतिक्रिया दिनुहोस्