महा मै मैत्री दिवस मनाउँदै बोधि श्रवण



काठमाडौं, (नेस) ।

शान्ति, सहजीवन, सहअस्तित्व, सहवास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षका निम्ति बोधि मार्ग दर्शन मैत्री धर्मले महा मै मैत्री दिवस मनाउने भएको छ ।

बोधि श्रवण धर्म संघले यही चैत ८ गते चितवनबाट शुरु गरी चैत १२ गते सर्लाहीमा महा मै मैत्री दिवस सम्पन्न गर्ने जनाएको छ । कार्यक्रमअनुसार चैत ९ गते ललितपुर, १० गते सिन्धुपाल्चोक, ११ गते झापामा मैत्री दिवस मनाउने विज्ञप्तिमा उल्लेख छ ।

सत्यलाई कसैले पनि कुनै तरिकाले कुल्चन नसक्ने उल्लेख गर्दै अमर तथ्य बुझेर अमर रहँदै सत्यमार्गमा आउन महा मै मैत्री दिवस मनाउन लागिएको अध्यक्ष नीलबहादुर थिङले बताउनुभयो । उहाँले पवित्र अनुष्ठानमा सबैलाई सहभागी हुन आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्