समाचारपत्रकर्मी राईसहित ७ पत्रकार पुरस्कृत



न्युज अफ नेपाल, खोटाङ ।

खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले नेपाल समाचारपत्र दैनिकका खोटाङ सम्बाद्दाता रामधन राईसहित सात पत्रकारलाई पुरस्कृत गरेको छ । तुवाचुङ साप्ताहिकले दोश्रो बार्षिकोत्सवको अवशरमा १५र१५ हजार राशीको तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कारबाट जिल्लामा कार्यरत सात पत्रकारलाई पुरस्कृत गरेको हो ।

पत्रिकाले एक युवा उद्यमीलाई समेत सोही राशीको पुरस्कार प्रदान गरेको छ । तुवाचुङ साप्ताहिकले समाचारपत्रकर्मी राईलाई स्वर्गीय इन्द्रसेर

राई–गउनसरी राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, नेपाल वाईड डटकमका सम्पादक सूर्य तामाङलाई स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, एपीवान टेलिभिजनका संवाददाता चिसाङ शेर्पालाई स्वर्गीय सिजन राई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गरेको छ । यस्तै, दिया मिडिया प्रालिका कार्यकारी निर्देशक दीपक राईलाई रुनिशा राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, पत्रकार नविन चाम्लिङलाई तुवाचुङ मारातिका यातायात प्रालि तुवाचुङ साप्ताहिक साहसिक पत्रकारिता पुरस्कार, पत्रकार असल चरित्रलाई रुनिशा राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार र पत्रकार शिवकुमार राईलाई स्वर्गीय सिजन राई तुवाचुङ साप्ताहिकपत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका युवा व्यवसायी इन्द्र चाम्लिङलाई स्वर्गीय कृपष्णध्वज राई तुवाचुङ साप्ताहिक युवा उद्यमी पुरस्कार प्रदान गरिएको छ । हलेसीस्थित होटल हलेसी भिलेजमा बुधबार आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले युवा उद्यमी र पत्रकारलाई पुरस्कार प्रदान गरेका छन् ।

कार्यक्रममा जनपक्षीय र ग्रामीण पत्रकारितालाई मूल मुद्दा बनाउँदै प्रकाशित तुवाचुङ साप्ताहिकको नाममा पुरस्कार स्थापनार्थ योगदान पुर्‍याउने समाजसेवी डिल्ली चाम्लिङ, समीर राई, पदमकुमार राई, छात्रा रुनिशा राई र तुवाचुङ मारातिका यातायात प्रालिलाई तुवाचुङ साप्ताहिक सम्मान प्रदान गरिएको छ ।

पत्रिकाको दोश्रो बार्षिकोत्सवको अवसरमा गत साउन ४ गते प्रदान गर्ने घोषणा गरिएको पुरस्कार कोभिड–१९ को महामारीका कारण ७ महिनापछि वितरण  गरिएको पत्रिकाका प्रकाशक एबं सम्पादक दिपेन्द्र राईले जनाउनुुभयो ।

हलेसी तुवाचुङ नगरपालिकालाई प्राथमिकताको क्षेत्र बनाएर प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिकले तुवाचुङ डटकम समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्