बालुवाटार बैठक: एमाले संसदीय दलको बोर्ड गठन, गुटगत भेलामा जानेलाई कार्वाही गर्ने निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमाले संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । बालुवाटारमा जारी बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरको हो ।

त्यस्तै, बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल समेत गठन गरेको छ । विधान संशोधन समितिमा विशाल भट्टराई, शेर बहादुर तामाङ र विमला राई सदस्य रहेको स्रोतले जनाएके छ ।

बैठकले गुटगत भेला नगर्न, पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न र आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको छ । अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाइने निर्णय भएको बैठकमा सहभागि एक सांसदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्