चितवनका मार्की खेलाडी भरत



काठमाडौं ,(नेस) ।

आगामी वैसाखमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको लागि फ्रेन्चाइज टिम एफसी टिमले भरत खवासलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

त्रिभुवन आर्मी क्लबका खेलाडी भरतसँगै टिमका प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध ग¥यो । चितवन टिमको तर्फबाट सञ्जित ढकाल, भरत र केसीले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै एनएसएलका तीन फ्रेन्चाइज टिमले मार्की खेलाडी घोषणा गरिसकेको छ । अघिल्ला दिनमा धनगढी एफसीले विशाल राई र ललितपुर टिमले अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्