एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला आज समापन हुँदै



{“caption”:”u090fu092eu093eu0932u0947u0915u094b u091du0932u0928u093eu0925 u0916u0928u093eu0932 u092eu093eu0927u0935 u0915u0941u092eu093eu0930 u0928u0947u092au093eu0932 u0938u092eu0942u0939u0932u0947 u0926u0941u0908 u0926u093fu0928u0947 u0930u093eu0937u094du091fu094du0930u093fu092f u092du0947u0932u093eu0915u094b u092au0939u093fu0932u094b u0926u093fu0928 u092cu0941u0927u092cu093eu0930 u0938u0939u092du093eu0917u0940 u0928u0947u0924u093e-u0915u093eu0930u094du092fu0915u0930u094du0924u093e u0964 u0924u0938u094du092cu093fu0930u0903 u092cu093fu091cu0941 u092eu0939u0930u094du091cu0928\/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रय भेला आज समापन हुँदै छ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् ।

बुधबार उद्घाटन सर्तमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विघटन , विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए । पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहार, संगठन र विचारमा दाबीसमेत गरेका छन् ।

माप्रधानमन्त्री एवम्‍अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो । भेलामा सहभागी भएका देशभरका नेता(कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्