एमालेलाई एकताबद्ध बनाउने आधारहरु



प्रेमलकुमार खनाल

यतिबेला मुलुकको सत्तारुढ दल नेकपा एमालेमा पार्टीभित्रको अन्तरसंघर्ष व्यवस्थित नहुँदा विभाजित अवस्थामा पुगेको छ । त्यसो त नेकपाएमालेको नवौं महाधिवेशनबाट पारित कार्यनीतिक कार्यदिशाअनुरुप पार्टी र सरकार सञ्चालन भएको भएएमालेमा यस्तो स्थिति उत्पन्न हुँदैनथ्यो । नवौं महाधिवेशनपछाडिका४ वर्ष एमालेको आन्तरिक जीवन स्वस्थ, हार्दिक र एकताबद्ध हुन सकेन । महाधिवेशनमा दुई समूह भएर निर्वाचन लड्दा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएपछि आफूलाई निर्वाचनमा सहयोग नगर्ने नेता–कार्यकर्तालाई पक्षपात र भेद्भाव गरी आफ्नो समूहका मानिसलाईपार्टी र राजकीय क्षेत्रमा अवसर दिन थालेपछि समस्या शुरुवात भयो ।

स्थानीय तह, संघ र प्रदेश स्तरको निर्वाचनमा आफ्नो समूहकाव्यक्तिलाई टिकट दिनेर माधव नेपाल समूहका सदस्यलाई उम्मेदवार हुनबाट कतिपय ठाउँमा वञ्चित गर्ने, एकै व्यक्तिलाई प्रदेश सरकारको प्रमुख र पार्टी कमिटीकोपनि इन्चार्ज बनाउने,राष्ट्रिय सभामा स्थानीय तहमै पराजित उम्मेदवारहरुलाईसांसद बनाउने गर्न थालेपछिसमस्या चुलिएर गयो । पार्टीले दुई–दुईपटक सरकारको नेतृत्व गर्दा पनि पार्टीको कार्यनीतिक कार्यदिशा र महाधिवेशनबाट पारित कार्यभारअनुरुप समाजवादको आधार निर्माणका लागि सरकारले समाजवादीआर्थिक नीति तय गरेर लागू गरेन ।सरकार उही नवउदारवादी आर्थिक नीतिकै पेरिफेरिभन्दा माथि उठ्न सकेन ।पार्टीएकता आवश्यकता भए पनि एकतागर्दा छापामार शैलीमा कोही कसैलाई थाहा नैनदिई वैचारिक,सैद्वान्तिक, सांगठनिक र नेतृत्वको व्यवस्थापनको पाटोमा पार्टीभित्र कुनै छलफल गरिएन । पार्टीएकताको स्वीरकोक्ति केवल सरकारर पार्टीकोनेतृत्वगर्ने महात्वाकांक्षाबाट प्रेरित थियोे भन्ने कुरा त अहिलेसम्मका घटनाले पुष्टि गरेका छन् । पार्टीएकताको पार्टनरप्रतिको व्यवहार, सहमति, सम्झौता पालना नहुनु, एकलौटी ढंगले पार्टीर सरकार सञ्चालन गर्नेगतिविधिलेपार्टी एकताबाट गठन भएको नेकपाभित्र असामान्य अवस्थासृजना भयो ।

तर पनिभदौ२८ को पार्टीको निर्णयले पार्टीभित्रएकताको वातावरण सृजना गर्नेआधार त मिलेकोथियोे । पौष ५ मा पुगेर पार्टीलाई समेत थाहा नै नदिईकन प्रतिनिधिसभा विघटन गरिदिएपछिपार्टीभित्र असामान्यअवस्थासृजना भयो ।पार्टीले प्रतिगमनकारी निर्णय भनेरआन्दोलन ग¥यो । पार्टीअध्यक्ष तथा प्रधानमन्त्रीलाई यस्तो कदम चालेकोमा पार्टी अध्यक्षबाट हटाउने काम भयो । यसपछिपार्टीअध्यक्षको सम्बन्ध टुट्न पुग्यो । छुट्टै गुटगत गतिविधितिर लागिरहेकै अवस्थामाफाल्गुण२३ मा अदालतको फैसलाबाट नाम जुधेको भनेरएकताबाट बनेकोनेकपा कानुनीहिसाबले खारेज भयो र दुवै पार्टीपूर्ववत् अवस्थामा पुगे । सत्तारुढ दल नेकपाभित्र अन्तरसंघर्ष तीव्ररुपमा विकसित हुनु, अर्कोतिर अदालतबाट नाम जुधेको भनेर नेकपालाई खारेज गरिदिने फैसला गरिदिनु र दुवै पार्टीलाई पूर्ववत् अवस्थामा पु¥याउनु अर्को आश्चर्यजनक घटनाहुन पुगेको छ । यसरी पार्टीएकता हुनुपूर्व एमालेभित्रको अन्तरसंघर्ष पुनर्जीवित भएर एमालेमै आइपुग्दा अन्तरसंघर्षपुनः उत्कर्षमा पुगेको छ ।

अदालतबाटभएको फैसलापछि उत्पन्न नयाँ परिस्थितिमाऔपचारिक वा अनौपचारिकरुपमापार्टीका वरिष्ठ नेताहरु, उपाध्यक्षहरुलगायत सचिवालयका कोही पनि सदस्यहरुसँग परामर्श नैनगरीकनएकैचोटि फाल्गुण २८ गते केपी ओलीलेआफ्नो गुट पक्षधर व्यक्तिहरुलाई सरकारी निवास बालुवाटार बोलाएर केन्द्रीय कमिटीको बैठक बसेको भनेरउक्त बैठकबाट एमालेको नवौं महाधिवेशनबाट निर्वाचित वरिस्ठ नेता,उपाध्यक्ष,उपमहासचिव,सचिवहरु सबैलाई उक्त पदबाट मुक्तगरेको, विधान विपरीत२३ जना व्यक्तिलाई केन्द्रीय सदस्य बनाएको, प्रदेशइन्चार्ज र प्रदाधिकारीमा हेरफेरगरी सबै गुट पक्षधर व्यक्तिहरुलाईजिम्मेवारी दिएको, महाधिवेशनबाटमात्रै विधान संशोधन गर्न सकिने व्यवस्थालाई चुनौती दिँदै विधानसंशोधन गरी ७० बर्ष उमेर पुगेपछिपनि कार्यकारी पदमा रहन पाउने व्यवस्था गरिएको समाचार बाहिर आएको छ ।वास्तवमा केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई थाहा नैनदिई आफ्नो गुटका सीमित व्यक्तिहरुलाई मात्र गोप्यरुपमा खबर गरी आयोजना गरिएको गुटको भेलालाई पार्टीको बैठकविधानअनुसार नहुनेकुरा स्वतः स्पष्ट छ । आफूलाई ‘जबज’वादी हौंभन्नेअनि जबजको विचार विपरीत गतिविधि जुन भएका छन्,यसलेजबजको प्रचार गरेरपार्टीर सत्तामा पुग्ने भ¥याङ मात्रै साबित भएको छ । यस किसिमको गतिविधिले स्वयं मदन भण्डारीका सोच र योगदानको अपमानगरेको छ ।

पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना स्थायी कमिटीका सदस्यहरुको वक्तव्यमा पार्टीको समेतनेतृत्व गर्नेजिम्मेवारी प्राप्त प्रधानमन्त्रीकेपी शर्मा ओलीबाट जनादेशअनुरुप पाँच वर्ष वामपन्थी सरकार चलाउने, पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रिय एकता कायम गर्ने भूमिका निर्वाह गर्नुको सट्टा सरकारलाई विघटनतर्फ लैजाने, प्रतिनिधिसभालाई असंवैधानिकरुपमा विघटन गर्ने, वामपन्थी एकता र कम्युनिस्ट पार्टीको एकीकरणलाई समाप्तपार्ने र आफ्नै पार्टी नेकपा (एमाले)लाई समेत विभाजित गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने कुकर्मतर्फ काम–कुराहरु उल्लेख गरिएकोछ । यस्तो गैरजिम्मेवार, विध्वंशकारी, अराजक र निरकुंश प्रवृत्तिका विरुद्ध दृढताका साथ संघर्ष गर्दै पार्टीलाई व्यवस्थित, लोकतान्त्रिक र क्रान्तिकारी तरिकाले अगाडि बढाउँदै राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वाभिमान, लोकतन्त्र र जनताको समृद्धिका लागितमामएमाले पंक्ति नयाँसंकल्पका साथ अगाडि बढ्नुुपर्नेवक्तव्यमाउल्लेखगरिएको छ ।

नेकपाएमालेमा हुर्कंदै आएको दक्षिणपन्थी,अवसरवादी,विसर्जनवादीगलतप्रवृत्तिका विरुद्ध दृढतापूर्वक वैचारिक संघर्ष गरेर एमालेलाई नयाँ ढंगको कम्युनिस्ट पार्टीको रुपमा विकास र रुपान्तरणगरी पुनर्गठन गर्नआवश्यक छ । विगतका कमी–कमजोरीलाई हटाएर नयाँ आधारमा एकता गरी अगाडि बढ्न जरुरी छ । एमालेभित्र नयाँआधारमाएकता गर्न विचार,संगठन,कार्यशैली र नेतृत्व निर्माणमानयाँआधारको खोजी गर्न जरुरी छ ।यसका लागि धेरै कुरामा विचार पु¥याउनुपर्छ ।
पहिलो,अबक्रान्तिको अर्को चरणसमाजवादी क्रान्तिको चरण शुरुआत भएको छ । अतः समाजवादीक्रान्ति गर्नकालागि दिशानिर्देश गर्नेसिद्धान्त र कार्यक्रमको रुपमा विकासगरेरपार्टीलाई समाजवादी क्रान्तिको अगुवाइ गर्न सक्षमपार्टीको रुपमा अगाडि बढाउन जरुरी छ ।दोश्रो,पार्टीमा विचारधारात्मक कामलाई सघन ढंगले अगाडि बढाएर नेता तथा कार्यकर्तालाई माक्र्सवादीकरण र क्रान्तिकारीकरण गर्नु यतिबेला एमालेको मुख्य वैचारिक काम रहेको छ । अनि मात्रैपार्टीभित्रहुर्केको व्यक्तिवाद, गुटवाद, अवसरवाद र दक्षिणपन्थी विसर्जनवादका विरुद्धको वैचारिक संघर्ष धारिलो हुनेछ । यसका लागि माक्र्सवादी स्कुल नियमित सञ्चालन हुन जरुरी छ ।

तेस्रो, सिंगोपार्टीपंक्तिलाई लेनिनवादीकरण एवंलोकतान्त्रीकरण गर्नु यतिबेलाएमालेभित्रको मुख्य केन्द्रीय काम हो । लेनिनवादी संगठनात्मक सिद्धान्तलाईसबै तहका कमिटीमा विनासर्त लागू गरिनुपर्छ । जनवादी केन्द्रीयता र अनुशासन र स्वतन्त्रतालाई सन्तुलित हिसाबले दृढतापूर्वक लागू गर्न सक्दा मात्रैपार्टीलाई लेनिनवादीकरण र लोकतान्त्रीकरण गर्न सकिन्छ । विधानअनुसारनियमित बैठक,भेला, अधिवेशनको आयोजना, सामूहिक निर्णय, पद्धति, योजनाबद्ध कामको थालनी,नियमित कामको रिपोर्टिङ,समीक्षा, आलोचनाआत्मआलोचनाकोअनिवार्यता, आत्मनिर्भरआर्थिक व्यवस्थापन, मितव्ययिता र पारदर्शिताको परिपाटीबाट मात्रैपार्टी संगठनात्मक हिसाबले सबल र सुदृढ हुनेछ । सरकार र पार्टीको बीचको सम्बन्धलाई व्यवस्थित गर्न पार्टीकानीति र सिद्धान्तबाट निर्देशित भएर सरकारले नीति कार्यक्रमसञ्चालन गर्ने,सरकारका कामका नियमित समीक्षागर्ने, सरकारका राम्राकामको पार्टीले अपनत्व लिएरपार्टीपंक्तिबाट प्रचारप्रसार गर्ने काम गरिनुपर्छ । पार्टीभित्रशक्ति पृथकीकरण नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई लागू गरी नेतृत्वलाई स्वेच्छाचारी हुनबाट नियन्त्रण गर्नएक व्यक्तिएक प्रमुख जिम्मेवारी (सरकार वा पार्टी)प्रदानगर्ने, नीतिलाई कडाइसाथ लागू गर्नुपर्दछ । यसका साथै पुप्पलालले भन्नुभएअनुसारपार्टीकार्यकर्तालाई नेतृत्वको पछि–पछि लागेर हिँड्नेप्रशंसक कार्यकर्ताहोइन,कार्यकर्तालाईपार्टीको नीतिशिरमा बोकेरहिँडन सक्षम हुने गरी विकास गर्न आवश्यक छ ।

चौथो,पार्टीमा कार्यसम्पादनमा आधारितमूल्यांकन पद्धतिको विकास गरेर गुटका आधारमा नेतृत्व छनौट होइन, नेतृत्व छनौट कार्यसम्पादनमा आधारित हुने सुनिश्चितगर्नुपर्दछ । अबशहरबजार,राजधानी काठमाडौंर नेताको वरिपरि घुम्ने नेतृत्वलाईअबपार्टीकोकेन्द्रीयकमिसार बनाएर ७५३ वटै पालिकामा कम्तीमा एक–दुई वर्षसम्म परिचालनगर्नुपर्दछ । यसरीपरिचालित भएका कमिसारहरु विचारक,संगठक, योजनाकारको ज्ञान र क्षमताले सक्षम हुने गरीक्षमता विकास गरेरगाउँ–गाउँमा परिचालन गर्न जरुरी छ । यसरी परिचालित भएका कमिसारहरुको कार्य अवधिमात्यस क्षेत्रमा पार्टी कामको विस्तार,वैचारिक कामबाट पार्टीकार्यकर्ताको विचारधारात्मक स्तर अभिवृद्धि, विकास निर्माण सञ्चालनमा पहलकदमी, गरिबबेरोजगारीको न्यूनीकरण, उत्पादन वृद्धि र रोजगारीको अभिवृद्धि, अनियमितता, भ्रष्टाचारको न्यूनीकरण र सुशासनको सुधारको अवस्था, अन्धविश्वास,जातीय विभेद,शोषण, उत्पीडनको अन्त्यको अवस्थामाभएको प्रगतिका आधारमाकामको मूल्यांकन गरेरथप जिम्मेवारी र अवसर प्रदानगर्नुपर्दछ । यसरी नै नेतृत्वको विकास गर्ने नीतिअवलम्बन गर्न जरुरी छ ।पाँचौं,पार्टीमा युवापुस्तालाईआकर्षितगर्न र टिकाइराख्नपार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सुस्पष्ट नीतितय गरेर लागू गर्नुपर्दछ । पार्टी सदस्य सार्वभौम हुन् भन्ने मान्यतालाई सुनिश्चितगर्नअधिकारको निक्षेपण गरेर तल्ला कमिटीहरुलाई निर्णय गर्न सक्षमकमिटीको रुपमाविकास गर्नुपर्दछ ।तल्लो कमिटीले गर्ने निर्णयमा माथिल्लो कमिटीबाट हस्तक्षेप होइन,सहजीकरण गरिदिनुपर्छ ।

अन्त्यमा, नेकपाएमालेभित्रसिद्धान्त, विचार,कार्यदिशा,कार्यशैली,संगठन र नेतृत्व निर्माण, कार्यकर्ता परिचालन, जनसम्बन्धमानयाँपनको कार्यशैलीको आरम्भ गरेरनेकपाएमालेलाई पुनर्गठन गर्न जरुरी छ । यस क्रममा अदालतकोफैसलापछि २०७५ जेठ २ को अवस्थामा एमालेको संरचनाबाट अगाडि बढ्न जरुरी छ । गुटको भेला गरी यसअगाडि गरिएका केन्द्रीय सदस्य मनोनयन, जिम्मेवारी परिवर्तन विधान संशोधन सबै निर्णय खारेज गरेर शून्य अवस्थाबाटविधानअनुसार पार्टी सञ्चालन गर्दै अगाडि बढ्नुपर्दछ । व्यवस्थितर वैज्ञानिक विधिबाट सरकारका विगतका कामको वस्तुनिष्ठ समीक्षा गर्नुपर्दछ ।यस्तै अबनेकपाएमालेले नै समाजवादी क्रान्तिको अगुवाइ गर्नजरुरी छ । तसर्थ वामगठबन्धनले प्राप्त गरेकोजनादेशलाई रक्षा र सम्मान गर्नसरकारलाई जनादेशबमोजिम दुई वर्षसम्मनिरन्तर नेतृत्व गर्नुपर्दछ । यसका लागि नेतृत्वका बीच एकता हुन जरुरी छ ।त्याग रलचकता देखाई, नयाँ समझदारी विकास गरी, माओवादीसहितको सरकार गठन गरी एमालेले नै राष्ट्र र जनताप्रतिको अभिभारा पूरा गर्दै नेतृत्वकारी भूमिकानिर्वाह गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्