एमालेको नेपाल–खनाल पक्षको आज राष्ट्रिय कार्यकर्ता भेला



न्युज अफ नेपाल काठमाडौं।

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि हुँदै छ।भेला ललितपुरको हेरिटेज गार्डेनमा हुने छ । देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्।

आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको तयारी रहेको छ । पार्टीलाई सुदृड, एकताबद्ध, क्रियाशील र विधिसम्मत रूपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न भेला आयोजना गरेको सो पक्षले जनाएको छ।

भेलालाई नेताद्वय नेपाल र खनालसहितका नेताहरूले सम्बोधन गर्ने भएका छन्। अध्यक्ष ओली पक्षले प्रदेश इन्चार्ज हेरफेर गरेलगत्तै नेपाल पक्षले पनि कार्यकर्ता भेलाका लागि भन्दै प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्