धादिङ समाजको फराकिलो जित



बाँके, (नेस)

एन्फा प्रेसिडेन्ट लिग–२०७७ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले फराकिलो जित हात पारेको छ।
धादिङ समाजले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको हो । विजयी टिमका लागि कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी ‘म्यान अफ द म्याच’बाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए ।

अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए ।यसैगरी, धादिङको तर्फबाट अन्य गोल शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गरी गोल गरी ह्याट्रिक गरे । त्यस्तै, उमेश राईले ८९ मिनेट र विपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए । लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए ।

यस्तै, दोस्रो खेलमा लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँकेले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित ग¥यो । खेलमा धम्बोझीको लागि पूर्ण बहादुर गुरुङले ४२औं मिनेटमा गोल गरेका थिए । उनी ‘म्यान अफ द म्याच’ घोषित हँुदै ५ हजार नगदबाट पुरस्कृत भए ।

प्रतिक्रिया दिनुहोस्