उद्योग वाणिज्य संघको निर्वाचनले संसदीय निर्वाचनको झल्को दिँदै



नेपाल समाचारपत्र, पर्वत ।

क्षेत्रफलका हिसाबले सानो जिल्ला भएका कारण पनि पर्वत जिल्लामा जे जस्ता गतिविधि हुन्छन् तिनले छिट्टै नै जिल्लामा ‘ट्रेन्डिङ’ पाइहाल्छन् । चैत ७ गते उद्योग वाणिज्य संघ पर्वतको १७ औं अधिवेशन हुँदैछ। नयाँ कार्यसमिति चयनका लागि हुन लागेको अधिवेशनमा दुई पक्षका उम्मेद्वारहरुले प्रचार प्रसारलाई तिव्र पारेका छन्।

व्यापारीहरुको प्रचारप्रसारले करिब–करिब संसदीय निर्वाचनकै झल्को दिएको छ। सदरमुकाम कुस्मा बजारमा त करिब एक महिना अगाडिबाट नै चुनावी माहौल तातेको छ। चुनावको मिति जतिजति नजिकिँदैछ त्यति नै उम्मेदवार सहित समर्थकहरुको टोली गाउँ–गाउँमा पुगेर मत माग्न सक्रिय बनेका छन्। फलेवास नगरपालिका–१ कार्कीनेटाका विनोद श्रेष्ठले यस अगाडि भन्दा यो पटक व्यापारीको चुनावी सरगर्मी निकै बढेको बताउनुभयो ।

‘यस पटक नेकपाभित्रको विवादका कारण पनि उद्योग वाणिज्य सङ्घ पर्वतको चुनाव विगतमा भन्दा अलि चाखलाग्दो हुने अनुमान छ ’ उहाँले भन्नुभयो ‘सबै बामपन्थीहरु एक प्रजातान्त्रिक बिचार बोक्ने व्यवसायीहरुका प्यानल बनाएका शिव शर्मा पौडेल सबै बामपन्थी सहित साझा समावेशी समूहबाट अध्यक्ष पदका दाबेदार गोपी अधिकारी सहितका टोली चुनाव प्रचारप्रसारमा सक्रिय छन्।

सदरमुकाम कुस्मा बजारका युवा व्यवसायी अच्युत पौडेलले संघको निर्वाचनले यति बेला पार्टीकै चुनाव आएको जस्तो माहोल देखिएको बताए। पालैपालो गरी उम्मेद्वारहरू पसलमा भेटघाटका लागि आउने गरेकाले सानो क्षेत्रमा रहेको कुस्मामा चुनावी प्रतिस्पर्धा बढेको उनको भनाई छ।

‘कुस्मा बजार आफैमा सानो छ। लगातार दुई कार्यकाल नेतृत्व गर्न पाएका तत्कालीन एमाले र नेकपा समर्थित व्यापारी यस पटक पनि आफ्नो साख जोगाउन सक्रिय बनेका छन्। पार्टीको राजनीतिमा जे भए पनि उद्योग वाणिज्य संघको निर्वाचनमा आफूहरुको एकता कायमै रहने बताउँदै आएका छन्। तर कांग्रेस र उसँग मिलेका अन्य दलहरु जसरी भए पनि निरन्तरतामा ‘ब्रेक’ गर्ने कसरतमा छन्।

राजनीतिको प्रभाव सानो तहसम्म पनि पर्ने भएकोले बोलीमा एक भए पनि मतदानमा नतिजा फरक ल्याउने योजना पौडेल प्याप्नलको छ।
अधिकारी र पौडेल प्यानलबाट ट निर्वाचनमा उठ्न लागेका सबै २३ जना उम्मेद्वारहरुको टुङ्गो लगाएका छन । दुबै समूहमा उम्मेदवार बनेका सबै जना एकै ठाउँमा रहेर प्रचारका लागि गाउँ गाउँमा डुलिरहेका छन्। अध्यक्षका दुवै उमेद्वार पौडेल र अधिकारी एउटै कुस्मा नगरपालिका–९ कटुवाचौपारीका स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया दिनुहोस्