कोहली ३ हजार रनमा पुग्ने पहिलो ब्याटसम्यान



लन्डन, (एजेन्सी)

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार रन पुरा गर्ने विश्वका पहिलो ब्याटसम्यान बनेका छन् । आइतबार इंग्ल्यान्डविरुद्धको टी २० खेलमा विराटले ४९ बलमा ७३ रनको नटआउट इनिङ खेलेका थिए । यसको साथै उनले टी २० करियरमा ८७ खेलमा ५०.८६ को औसतमा ३ हजार १ रन बनाएका छन् । दोस्रो नम्बरमा न्यूजील्यान्डका मार्टिन गुप्टिल रहेका छन् ।

उनले ९९ खेलबाट २ हजार ८ सय ३९ रन बनाएका छन् ।न्युजिल्यान्डका ब्रेन्डन मेकुलम टी २० क्रिकेटमा सबैभन्दा पहिलो १ हजार र २ हजार रन पुरा गर्ने ब्याटसम्यान हुन् । उनले मे २०१० मा १ हजार रन बनाए भने २०१४ मा २ हजार रन पुरा गरेका थिए । उनले २०१९ मा सन्यास लिएका थिए ।साथै विराट तीनै फरम्याटमा (टेस्ट, वानडे र टी २०) गरी १२ हजार रन पुरा गर्ने पहिलो भारतीय कप्तान पनि बनेका छन् ।

विश्व क्रिकेटमा उनी तीनै फरम्याटमा १२ हजार रनपुरा गर्नेमा तेस्रो स्थानमा छन् । पहिलो स्थानमा अस्टे«लियाका पूर्व कप्तान रिकी पोन्टिङ छन् । उनले कप्तानको रुपमा तीनै फरम्याटमा गरी १५ हजार ४ सय ४० रन जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्