ताप्लेजुङका आगलागी पीडितलाई नाडाको आर्थिक सहयोग



न्युज अफ नेपाल, काठमाडौँ ।

नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालले एक कार्यक्रमकाबीच ताप्लेजुङका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई २ लाख एक हजार रकम हस्तान्तरण गरेका छन् ।

नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरु सँग रकम संकलन गरि जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गको नाममा मन्त्री नेम्वाङलाई चेक हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्वय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्