बालश्रम उन्मूलनका लागि जापानी सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालस्थित जापानी राजदूतावासले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका बालबालिकालाई जोखिमपूर्ण श्रम र बेचबिखनबाट जोगाउने प्रयोजनका लागि ३ करोड ८ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । जापान सरकारले सो रकम नेपालका गैरसरकारी संस्थामार्फत सामाजिक सुधारमा सघाउ पु-याउने कार्यमा समर्पित शपला नीर नागरिक कमिटीलाई हस्तान्तरण गरेको राजदूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै बताएको छ ।

सो सहयोग सिविन नेपालमार्फत लक्षित उद्देश्यका लागि खर्च हुने बताइएको छ । जिल्लामा यस रकमको सहायताले बाल संरक्षण पद्धतिको विकास गर्ने पनि जनाइएको छ । राजदूतावासका चार्ज डे अफियर योसिका युजो र सपला नीर नेपालका कन्ट्री रिप्रजेन्टेटिभ हिरोमीबीच सोमबारै हस्ताक्षर भएको पनि प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिअनुसार सहयोग रकम स्थानीय सरकारसँग सहकार्य गर्दै लक्षित उद्देश्यका लागि खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्