आजदेखि बाँकेमा प्रेसिडेन्ट लिग शुरू



बाँके, (नेस) 

बाँकेमा आजदेखि एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता २०७७ शुरू हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक नेपालगञ्ज रंगशालामा प्रतियोगिता शुरू हुन लागेको हो । आइतबार पत्रकार सम्मेलनमा एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगञ्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताएका हुन् । चित्रकारका अनुसार, मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिगको आयोजना गर्न लागेको हो ।

प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके), प्रदेश नम्बर १ लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब (रौतहट), बागमती प्रदेश च्याम्पियन (धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब (लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब (जुम्ला) र सुदूरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब (कैलाली) ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रसिडेन्ट लिगको शिर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् । चैत १५ गते समापन हुने प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगितामा विद्यागत रूपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्