एनएसएलमा ७ फ्रेन्चाइज टिम



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ७ फ्रेन्चाइज टिमहरू आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट मेनेजमेन्टले उक्त टिमहरू सार्वजनिक गरेको हो ।

जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेन्जर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब रहेका छन् । खेलाडीको अक्सन पनि यही चैत ६ गते नै हुने जनाएको छ ।

हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहने र खेलाडीको श्रेणी एन्फाको सहकार्यमा छुट्टाइने म्यानेजमेन्टले जनाएको छ । हरेक टिममा ३ जना राष्ट्रिय खेलाडी राख्न पाउने र मैदानमा २ खेलाडीसम्म उतार्न पाइने प्रावधान रहेको जनाएको छ । एनएसएल आगामी वर्ष वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्