रसुवामा सुमो दुर्घटना यात्रु सकुशल



रसुवा ।

जिल्लाको गोसाईकुन्ड गाउँपालिका वडा नम्बर ६ बोकेझुण्डामा पासाङ ल्हामु सडकखण्ड हुँदै धुन्चेबाट काठमाडौ तर्फ जाँदै गरेको टाटासुमो अनियन्त्रित भई सडकबाट सात फिट तल खस्दा दुर्घटना हुँदा सवार यात्रु सकुशल रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार ना १ ज ६०७५ नम्बर को सुमो धुन्चेबाट काठमाडौ तर्फ आइतबार शाँझ ४:३० बजे पासाङ ल्हामु सडक धुन्चे तर्फबाट गुडिरहेको सुमो बोकेझुण्डा मा पुगेपछि अनियन्त्रित भई सडकवाट सात फिट तल खसेको थियो ।सवार यात्रु र चालक भने सकुशल रहेका छन।

दुर्घटना भएको थाहा पाउँदा साथ जिल्लाबाट नेपाल प्रहरी,सशस्त्र प्रहरी, घटना स्थल पुगि त्यहाँ का स्थानिय र स्काभेटरको सहयोगमा सुमो लाई दुर्धटना स्थलवाट सडकमा ल्याईएको र उक्त सुमोमा सवार यात्रुलाई अर्को सवारी साधन व्यवस्था मिलाई काठमाडौ पठाईएको प्रहरी प्रमुख डिएसपी देवेन्द्र पाण्डेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्